ऐनकुमारलाई हराउँदै पृथ्वी राजमार्ग बस संचालक समितिमा दोहोरिए योगेन्द्र
पाेखरा | भदौ ८, २०७९
पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा योगेन्द्रबहादुर केसी दोहोरिएका छन् ।
अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई ४ सय ७२ मतले पराजित गर्दै केसी दोस्रो कार्यकालका लागि पुनः पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा निर्वाचित हुदैँ दोहोरिएका हुन् ।
अध्यक्षमा निर्वाचित केसीले ७ सय ६२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ऐनकुमार साईले २ सय ९० मत प्राप्त गर्दा धर्मराज अर्यालले ५६ मत प्राप्त गरेका छन् ।
सञ्चालकहरुमा जयप्रसाद शर्मा (६२९) बाबुराम दवाडी (६२५), अशोक कुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीशर्मा न्यौपाने (रामु) (५७८), मेखराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी )५१७), भरतकुमार मल्ल (५०४), कृष्णबहादुर बल्छौडी (४९४), रमेश कुमार श्रेष्ठ (३९९) मत ल्याएर विजयी भएका छन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

